गृहपृष्ठ विश्वकप क्रिकेट : श्रीलंकाको सेमिफाइनल यात्रा कठिन

विश्वकप क्रिकेट : श्रीलंकाको सेमिफाइनल यात्रा कठिन

एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ९ विकेटले हराएको छ ।

हारसँगै श्रीलंका विश्वकपबाट बाहिरिने सम्भावना बढेको छ । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ४९ ओभर ४ बलमा अलआउट हुँदै २०३ रनमा समेटिएको थियो । श्रीलंकाले पहिलो ओभरको पहिलो बलमै ओपनर कप्तान दिमुथु करुणरत्नेलाई गुमाएको थियो ।

कुशल परेरा र अभिष्का फर्नान्डोले ६७ रनको साझेदारी गर्दै पारी सम्हाल्ने कोसिस गरेका थिए । फर्नान्डो र परेरा समान ३०-३० रनमा आउट भए । धनञ्जय डी सिल्भाले २४ रन जोडे । कुशल मेन्डिसले २३ रन बनाए । दक्षिण अफ्रिकाका लागि क्रिस मोरिस र ड्वेन प्रिटोरियसले समान तीन–तीन विकेट लिए । कागिसो रबाडाले २ विकेट हात पारे ।

२०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३७ ओभर २ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा हसिम अमला र फाफ डुप्लिसिसले महत्वपूर्ण योगदान गरे । कप्तान फाफ डुप्लेसिस ९६ रनमा अविजित रहे भने हसिम अमला ८० रनमा अविजित रहे । ओपनर क्वीन्टन डी ककले १५ रनको योगदान गरे । उनलाई श्रीलंकका लासिथ मालिंगाले बोल्डआउट गराएका थिए ।

दक्षिण अफ्रिकाको यो दोस्रो जित हो । हारसँगै श्रीलंकाको सेमिफाइनल यात्रा कठिन बनेको छ । दक्षिण अफ्रिका भने समूह चरणबाटै बहिरिइसकेको छ ।

प्रकाशित समय ०७:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु