गृहपृष्ठ आयोजक फ्रान्सलाई स्तब्ध पार्दै अमेरिका सेमिफाइनलमा
आयोजक फ्रान्सलाई स्तब्ध पार्दै अमेरिका सेमिफाइनलमा
घरेलु टिम फ्रान्सलाई पराजित गर्दै अमेरिका महिला विश्वकपको सेमिफाइलमा प्रवेश गरेको छ ।
पार्क डि प्रिन्स स्टेडियममा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा अमेरिकाले फ्रान्सलाई २–१ गोलअन्तरले स्तब्ध पारेको हो । अमेरिकाको जितमा दुबै गोल मेगन रापिनोइले गरिन् । फ्रान्सकी वेन्डी रिनार्डले एक गोल फर्काइन् । पाँचौ मिनेटमा नै मेगनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमा एक–शून्यले अघि रहेको अमेरिकाले ६५औं मिनेटमा अग्रता दोब्बर बनायो । ८१औं मिनेटमा वेन्डी रिनार्डले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउने कोशिस गरे पनि थप गोल हुन सकेन । फ्रान्सले नै खेलभर अमेरिकालाई दबाबमा राखेको थियो ।
अब अमेरिकाले फाइनल प्रवेशका लागि जुलाई २ मा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय ०८:१० बजे

















