गृहपृष्ठ प्रधानमन्त्री भन्छन्- सरकारको आलोचना दसैंपछि हुँदैन
प्रधानमन्त्री भन्छन्- सरकारको आलोचना दसैंपछि हुँदैन
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओलीले दसैंपछि कसैले सरकारको आलोचना गर्न नपर्ने बताएका छन् । मदन भण्डारी जन्मजयन्तीको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘सरकारले राम्रो काम गरेपछि कानुन निर्माणमा व्यस्त भएका कारण जनतालाई भन्न पाएको छैन, नयाँ आर्थिक वर्षसँगै सरकार नयाँ गतिमा अगाडि बढ्छ र दसैंसम्म आलोचना समाप्त हुन्छ ।’
प्रधानमन्त्री ओलीले सरकारले धेरै राम्रो काम गरेको दाबी गरे । ‘एक वर्षअघि र अहिले काठमाडौंका सडक हेर्नुस् । म प्रधानमन्त्री हुँदा आधा जनसंख्या मास्क लगाएर हिँड्थे, अहिले मास्क नै लगाउनु पर्दैन ।’
प्रकाशित समय १७:५१ बजे

















