गृहपृष्ठ हुवावेका उत्पादनलाई अमेरिकामा बिक्री खुला

हुवावेका उत्पादनलाई अमेरिकामा बिक्री खुला

huawei-newskarobar

अमेरिकाले चिनियाँ कम्पनी हुवावेका उत्पादन बिक्री गर्न दिने भएको छ । जापानमा भएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्पनीले पुनः हुवावेको बिक्री गर्न पाउने घोषणा गरेका हुन् ।

गएको मे मा अमेरिकाको वाणिज्य विभागले हुवावेको बिक्रीमा प्रतिबन्ध लगाएका थिए । ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटपछि त्यसलाई उल्ट्याएका हुन् । जापानमा भएको जी–ट्वान्टी सम्मेलनका क्रममा ट्रम्प र सी बीचको वार्तामा दुई देशबिचको व्यापार वार्ता पुनः सुरु गर्ने सहमति बनेपछि सम्बन्ध सुधारको आश जागेको छ । एक वर्षदेखि अमेरिका र चीनबीच व्यापार युद्धको अवस्था छ ।

प्रकाशित समय ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु