गृहपृष्ठ प्रहरीको गोली लागेर सर्लाहीमा १ को मृत्यु, १२ जना घाइते

प्रहरीको गोली लागेर सर्लाहीमा १ को मृत्यु, १२ जना घाइते

goli-prahar2-newskarobar

प्रहरीले चलाएको गोली लागेर सर्लाहीमा एक जनाको मृत्यु भएको छ ।

खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दा प्रहरीको गोली लागेर सर्लाही, इश्वरपुर–१३ का २७ वर्षका केवल महतोको मृत्यु भएको हो । उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएको छ ।

अन्य ४ जना पनि गोली लागेर घाइते भएका छन् । झडपमा स्थानीय र प्रहरीसहित १२ जना घाइते भएको प्रहरीले जनाएको छ । बाँके खोलाको खाल्डोमा डुबेर एक १२ वर्षीय बालक अमित रायको मृत्यु भएपछि आक्रोशित स्थानीयले आइतबार राजमार्ग ठप्प पार्दै प्रदर्शन गरेका थिए ।

आक्रोसित स्थानीयले शव लिएरै प्रदर्शनमा उत्रिएका थिए । राजमार्गको अवरोध हटाउन आग्रह गर्दै गर्दा प्रदर्शनकारीले टुंगामुढा प्रहार गर्न थालेपछि बल प्रयोग गरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि सुरुमा लाठी चार्ज, १५ राउन्ड अश्रु ग्यास र रबरको बुलेट प्रहार गरेको गरेको तर स्थिति नियन्त्रणमा नआउने देखिएपछि हवाइ फायर गरेको प्रहरीको दावी छ ।

प्रकाशित समय १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु