गृहपृष्ठ विश्वकप क्रिकेट : भारत हार्दा पाकिस्तानलाई धक्का

विश्वकप क्रिकेट : भारत हार्दा पाकिस्तानलाई धक्का

एकदिवसीय विश्वकप क्रिकेटको सेमीफाइनल समिकरण रोमाञ्चक मोडमा पुगेको छ ।

घरेलु टोली इंग्ल्याण्डले भारतलाई ३१ रनले हराएसँगै सेमीफाइनल समिकरण अनिश्चित बनेको हो । जिते पनि इंग्ल्याण्ड सेमीफाइनलमा पुग्ने अझै निश्चित भइसकेको छैन । सन् १९९२ यता पहिलोपल्ट इंग्ल्यान्डले विश्वकपमा भारतलाई पराजित गरेर आशा भने जीवितै राखेको छ । ३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ६ रनमा समेटियो ।

अब इंग्ल्याण्डले न्यूजिल्याण्डलाई पराजित गरेमात्रै अन्तिम चारमा स्थान बनाउनेछ । ८ खेलबाट इंग्ल्याण्डको १० अंक छ । समान खेल खेलेको न्यूजिल्याण्डको ११ र ७ खेलबाट भारतको पनि ११ अंक छ । पाकिस्तानको ८ खेलबाट ९ अंक छ ।

अन्तिम खेलमा बंगलादेशलाई हराएर मात्र पनि पाकिस्तानलाई पुग्दैन । इंग्ल्याण्ड न्यूजिल्याण्डसँग हार्नुपर्छ ।

प्रकाशित समय ०७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु