गृहपृष्ठ समूह विजेता बन्दै इजिप्ट अन्तिम आठमा
समूह विजेता बन्दै इजिप्ट अन्तिम आठमा
अफ्रिका कप अफ नेसन्समा इजिप्ट समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ मा अपराजित रहेर इजिप्टले अन्तिम १६ मा स्थान बनाएको हो । इजिप्टले आइतबार राति भएको समूह ‘ए’ को अन्तिम खेलमा युगान्डालाई २–० ले हरायो । कायरो अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा दुवै गोल पहिलो हाफमा भएको थियो । ३६औं मिनेटमा सलाहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । फ्रिकिकमा सलाहले सुन्दर गोल गरेका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा अहमेदले गोल गरेपछि घरेलु टोली खेलमा २–० ले अघि रह्यो । दोस्रो हाफमा गोल हुन सकेन र इजिप्ट विजयी बन्यो । इजिप्टले ३ खेलबाट ९ अंक जोडेको छ । युगान्डा उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । सो समूहबाट डीपीआर कंगोले ३ तथा जिम्बावेले एक अंक मात्रै जोड्न सके ।
प्रकाशित समय ०८:३४ बजे

















