गृहपृष्ठ नेप्से ११ अंकले बढ्यो, १०७ कम्पनीका लगानीकर्ताले कमाए

नेप्से ११ अंकले बढ्यो, १०७ कम्पनीका लगानीकर्ताले कमाए

share-bazar-tuesday17-newskarobar

सेयर बजार परिसूचक नेप्से ११ अंकले बढेको छ । अढाई बजेसम्म करिब सीधा रेखामा हिँडिरहेको नेप्से त्यसपछिको आधा घण्टामै ११.०२ अंकले बढेर १२५३.०६ अंकमा पुगेको हो ।

नेप्सेमा सूचीकृत व्यापार, उत्पादनमूलक र अन्यबाहेकका सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूह २.१५ प्रतिशतले उकालो लागेको छ भने जीवन बिमा समूह १.४७ प्रतिशत र बैंक समूह १.०२ प्रतिशतले बढेका छन् ।

मंगलबार १७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता सेयर ४२ करोड ९४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा बढी स्वरोजगार लघुवित्तका लगानीकर्ताको सम्पत्ति १० प्रतिशतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको सेयर ९.४९ प्रतिशतले बढेको छ ।

प्रकाशित समय १६:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु