गृहपृष्ठ लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाइ आक्रमण, ४० को मृत्यु
लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाइ आक्रमण, ४० को मृत्यु
लिवियामा आप्रवासी केन्द्रमा हवाई आक्रमण हुँदा ४० जनाको मृत्यु भएको छ ।
राजधानी त्रिपोलीबाट पूर्वक्षेत्रको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको हो । आक्रमणमा परी ८० जना घाइते भएको बिबिसीले जनाएको छ । हिरासत केन्द्रमा १२० जना आप्रवासी थिए । मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् ।
अहिलेसम्म आक्रमण कसले गर्यो भन्ने नखुले पनि प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दावी गरेका छन् । लिवियन नेशनल आर्मीले राष्ट्रसंघको समर्थन प्राप्त नभइ आफ्नै देशको समर्थन प्राप्त सरकार हुनपर्ने माग गर्दै आएको छ ।
निरंकुश शासक मुअमर गद्दाफी २०११ मा मारिएपछि लिविया हिंसा र विभाजनको चक्रव्यूमा फसेको छ ।
प्रकाशित समय ०९:५९ बजे

















