गृहपृष्ठ यू–१९ इस्टर्न रिजन क्रिकेट : नेपालले चीनलाई १० विकेटले हरायो
यू–१९ इस्टर्न रिजन क्रिकेट : नेपालले चीनलाई १० विकेटले हरायो
फाइल तस्बिर
नेपाल एसीसी यू–१९ इस्टर्न रिजन २०१९ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पहिलो खेलमै चीनलाई १० विकेटले हराउँदै नेपाल अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । चीनले समूह चरणका दुबै खेल हारेपछि समूह ए का नेपाल र सिंगापुर सेमिफाइनलमा पुगेका हुन् । नेपालले दोस्रो खेल सिंगापुरसँग खेल्ने छ । चीनले दिएको ५४ रनको लक्ष्य नेपालले ५ ओभरमा विकेट नगुमाई पुरा गर्यो । ओपनर पवन सरार्फ २१ बलमा ६ चौका र ३ छक्का सहित ४६ रनमा अविजित रहे । रित गौतम १० नट आउट रहे ।
यसअघि चीनलाई सस्तैमा रोक्न सागर ढकालले ९ ओभर १ बलमा ३ मेडनसहित १९ रन खर्चेर ६ विकेट लिए । तिलक राज भण्डारीले ३ विकेट हात पारे । कमलसिंह ऐरीले एक विकेट लिए ।
प्रकाशित समय १०:१३ बजे

















