गृहपृष्ठ अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा
अर्जेन्टिनालाई हराउँदै ब्राजिल कोपा अमेरिकाको फाइनलमा
ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
साविक उपविजेता अर्जेन्टिनालाई २–० गोलअन्तरले पराजित गर्दै ब्राजिलले कोपाको फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफमा ब्राजिलले १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा एक थप्न ब्राजिल सफल भयो ।
खेलको १९ औं मिनेटमा ब्राजिलका लागि ग्याब्रीएल जेससले गोल गरे । कप्तान ड्यानी आल्भेसले उत्कृष्ट बल नियन्त्रण गर्दै फिर्मिनो र फिर्मिनोले पेनाल्टी क्षेत्रभित्र दिएको लो क्रसलाई जेससले पोस्टको दिशा दिए ।
खेलको ३० औं मिनेटमा अर्जेन्टिनाले खेल बराबरीमा ल्याउने अवसर गुमायो । लिओनेल मेसीले पेनाल्टी क्षेत्रभित्र दिएको बलमा सर्जियो अगुएरोले गरेको हेडर क्रसबारमा लागेर फर्कियो । दोस्रो हाफको ७१औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे ।
अब ब्रजिलले चिली र पेरुबीचको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित समय ०८:०९ बजे

















