गृहपृष्ठ सेयर बजार दुई दिनमै २६ अंकले बढ्यो
सेयर बजार दुई दिनमै २६ अंकले बढ्यो
सेयर बजार परिसूचक नेप्से २ दिनमै २६ अंकले बढेको छ । मंगलबार ११.०२ अंकले बढेको बजार बुधबार १५.६२ अंकले उकालो लागेको हो ।
आज नेप्सेमा सूचीकृत सबै समूह बढेका छन् । बैंक, जलविद्युत, निर्जीवन बिमा, अन्य, लघुवित्त र जीवन बिमा समूहमा १ प्रतिशतभन्दा धेरै वृद्धि आएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार १७४ कम्पनीको २० लाख ६४ हजार ९१३ कित्ता सेयर ५५ करोड २ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको छ । यो मंगलबारको तुलनामा साढे १२ करोड कम हो । मंगलबार ४२ करोड ९४ लाख रुपैयाँको सेयर किनबेच भएको थियो ।
बुधबार सूर्योदय, स्वाभिमान, गणपति लघुवित्तलगायतको सेयर धेरै बढेको छ । सबैभन्दा धेरै नेपाल बैंकको ४ करोड ५३ लाख तथा सेन्चुरी कमर्सियल बैंकको ३ करोड ४० लाख रुपैयाँबराबरको सेयर किनबेच भयो ।
प्रकाशित समय १५:५६ बजे


















