गृहपृष्ठ कोपा अमेरिकाको फाइनलमा ब्राजिल र पेरु भिड्ने
कोपा अमेरिकाको फाइनलमा ब्राजिल र पेरु भिड्ने
साविक विजेता चिलीलाई हराउँदै पेरु कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
पेरु ३–० गोलले विजयी हुँदै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो । २१ औं मिनेटमा एडिसन फ्लोरेसले पेरुलाई अग्रता दिलाए । ३८ औं मिनेटमा पेरुका लागि योशीमार योतुनले दोस्रो गोल गरे । चिलीका गोलरक्षक अरियास अघि बढेर बल नियन्त्रण गर्न खोजेपछि क्यारिलोको पासलाई योतुनले पोस्टको दिशा दिए ।
दोस्रो हाफको इन्जुरी समयमा जुआन पाउलो गुरेरोले गोल गर्दै चिलीलाई फाइनलमा पुर्याए । लगत्तै चिलीले पेनाल्टी पाए पनि एडुआर्डो भार्गासको प्रहार पेरुका गोलरक्षकले बचाए ।
ब्राजिलले यसअघि अर्जेन्टिनालाई हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल खेल सोमबार हुनेछ ।
प्रकाशित समय ०९:२४ बजे

















