गृहपृष्ठ विश्वकप क्रिकेट : बाहिरियो पाकिस्तान, न्यूजिल्यान्ड सेमीफाइनलमा

विश्वकप क्रिकेट : बाहिरियो पाकिस्तान, न्यूजिल्यान्ड सेमीफाइनलमा

एकदिवसीय विश्वकप क्रिकेटको सेमीफाइनल समीकरण पूरा भएको छ ।

पाकिस्तानलाई नेट रनरेटका आधारमा पछि पार्दै न्यूजिल्याण्ड अन्तिम चारमा प्रवशे गरेको हो । अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरे पनि सेमीफाइनल प्रवेशको ढोका भने खुलेन । पाकिस्तान लिग चरणबाटै बाहिरिएको छ ।

गएराति लर्डसमा सम्पन्न खेलमा ३ सय १६ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४४.१ ओभरमा अल आउट हुँदै २ सय २१ रनमा रनमा समेटियो । बंगलादेशका लागि सकिब अल हसनले ६४ रनको योगदान दिए पनि टिमलाई जित दिलाउन भने सकेनन् ।

पाकिस्तानका लागि शाहिन साह अफ्रिदीले ९.१ ओभरमा ३५ रन खर्चेर ६ विकेट लिए । सादव खान २, मोहम्मद आमिर र वहाब रियाजले एक–एक विकेट हात पारे ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १५ रन बनाएको थियो ।

ओपनर इमाम उल हकले १ सय रनको शतकीय पारी खेले । बाबर आजमले ९६ रन बनाए । अर्का ओपनर फकार जमान ८ औं ओभरको दोस्रो बलमै १३ रनमा आउट भए । मोहम्मद हफिज २७ रन बनाए । इमाद वासिम ४३ रनमा पेभेलियन फर्किए ।

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ५ विकेट लिए । मोहम्मद सैफुद्दीन ३ र मेहदी हसनले १–१ विकेट लिए ।

अष्ट्रलिया, भारत, इंग्ल्यान्ड र न्यूजिल्याण्ड सेमिफाइनमा पुगेका छन् । भारत र अष्टे«लियाले समूहकै एक–एक खेल खेल्न बाँकी छ । शीर्ष स्थानको टिमले चौथो र दोस्रो र तेस्रो स्थानमा रहेका टोलीबीच दोस्रो सेमिफाइनल प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित समय ०७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु