गृहपृष्ठ एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : फाइनल पुग्न नेपाललाई ८८ रनको लक्ष्य

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट : फाइनल पुग्न नेपाललाई ८८ रनको लक्ष्य

घरेलु टोली मलेसियाले एसीसी यू–१९ इस्टर्न रिजनको सेमिफाइनलमा नेपाललाई ८८ रनको सामान्य चुनौती दिएको छ ।

किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मलेसिया ४०.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । नेपाली बलरसामु मलेसियाका ब्याट्सम्यान टिक्नै सकेनन् । पहिलो ओभरको पाँचौ बलमै कमलसिंह ऐरीले ओपनर अस्लाम खान मलिकलाई शून्यमा आउट गराउँदै पहिलो सफलता दिलाए ।

मोहम्मद आमिर र वान अमीरुलले ३७ रनको साझेदारी गर्दै मलेसियाको पारी सम्हाल्ने प्रयास गरेका थिए । १२ औं ओभरको अन्तिम बलमा कुशल मल्लले आमिरलाई २४ रनमा पेभेलियनको बाटो देखाए । सागर ढकालले १५ ओभरको दोस्रो बलमा विश्वरुवेन कुमारलाई ३ रनमा आउट गरे । सागरले १७ ओभरको पहिलो बलमा ओेपनर वान इमीरुललाई ११ रनमा आउट गरे ।

तनिस आरोह ७, हैकवाल मोहम्मद खैर १२ र अहमद अकमल आलिफ १० रनमा आउट भए । नेपालका लागि सागर ढकालले १० ओभरमा ३ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट हात पारे । कुशल मल्लले २ विकेट लिए । तिलकराज भण्डारी, राशिद खान र कमल सिंह ऐरीले समान १–१ विकेट लिए ।

प्रकाशित समय ११:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु