गृहपृष्ठ नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा
नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा
नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
घरेलु टोली मलेसियालाई पराजित ७ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । ८८ रनको सामान्य चुनौती नेपालले १५.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले नेपालको जित सुनिश्चित गरे । भीम ३४ बलमा २ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे भने कप्तान रोहित २९ बलमा २ चौका र १ छक्का सहित ३१ रन अविजित रहे ।
ओपनर पवन सरार्फ चौथो ओभरको पाचौँ बलमा व्यक्तिगत १८ रनमा आउट भए । रित गौतम ३ रनमै पेभेलियन फर्किए । खडक बहादुर बोहराले रन जोड्नै सकेनन् । उनी मोहम्मद आमिरको बलमा शून्यमै बोल्ड आउट भएका थिए । मलेसियाका लागि मोम्मद खैरले २ र मोम्मद आमिरले १ विकेट लिए ।
यसअघि, किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको मलेसिया ४०.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । नेपाली बलरसामु मलेसियाका ब्याट्सम्यान टिक्नै सकेनन् । पहिलो ओभरको पाँचौ बलमै कमलसिंह ऐरीले ओपनर अस्लाम खान मलिकलाई शून्यमा आउट गराउँदै पहिलो सफलता दिलाए ।
मोहम्मद आमिर र वान अमीरुलले ३७ रनको साझेदारी गर्दै मलेसियाको पारी सम्हाल्ने प्रयास गरेका थिए । १२ औं ओभरको अन्तिम बलमा कुशल मल्लले आमिरलाई २४ रनमा पेभेलियनको बाटो देखाए । सागर ढकालले १५ ओभरको दोस्रो बलमा विश्वरुवेन कुमारलाई ३ रनमा आउट गरे । सागरले १७ ओभरको पहिलो बलमा ओेपनर वान इमीरुललाई ११ रनमा आउट गरे ।
तनिस आरोह ७, हैकवाल मोहम्मद खैर १२ र अहमद अकमल आलिफ १० रनमा आउट भए । नेपालका लागि सागर ढकालले १० ओभरमा ३ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट हात पारे । कुशल मल्लले २ विकेट लिए । तिलकराज भण्डारी, राशिद खान र कमल सिंह ऐरीले समान १–१ विकेट लिए ।
नेपालले फाइनलमा हङकङ र सिंगापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले श्रीलंकामा हुने एसिया कप खेल्न पाउनेछ
प्रकाशित समय ११:३२ बजे

















