गृहपृष्ठ प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

Singhadarbar-newskarobar

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण निर्णय ६ महिनाका लागि स्थगन गर्ने निर्णयको सर्वत्र आलोचना भएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन् ।

बिहान ७ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक जारी छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बैठक बिहान मन्त्रिपरिषद् बैठक बसेको जानकारी दिए । ‘म भ्यालीबाहिर जाँदै गरेकाले विस्तृतमा बुझ्न पाएको छैन,’ उनले भने ।

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले आइतबार राष्ट्रियसभा बैठकमै प्रयोगशाला अभाव नरहेको जवाफ दिएपछि सरकारको आलोचना चुलिएको छ ।

प्रकाशित समय ०८:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु