गृहपृष्ठ राष्ट्र बैंकसमक्ष १७ बैंकले भने- मर्जरमा जान्छौं
राष्ट्र बैंकसमक्ष १७ बैंकले भने- मर्जरमा जान्छौं
नेपाल राष्ट्र बैंकसमक्ष १७ बैंकले मर्जरमा जाने लिखित प्रतिबद्धता जनाएका छन् । गभर्नर डा. चिरञ्जीवी नेपालको निर्देशनबमोजिम सिभिल, मेगा, सिटिजन्स, सेन्चुरी, कुमारी, एनएमबी, सनराइज, लक्ष्मी, एनआइसी एशिया, माछापुच्छ्रे, एनसीसी, नेपाल एसबिआइ बैंक, हिमालयन, नेपाल इन्भेष्टमेन्ट बैंक र सानिमा बैंकले लिखित प्रतिबद्धता जनाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । ग्लोबल आईएमई र जनता बैंक नेपालले भने मर्जरमा जाने सैद्धान्तिक सहमति गरिसकेका छन् ।
गभर्नर नेपालको निर्देशनपश्चात ग्लोबल र जनताले मर्जरमा जाने सैद्धान्तिक सहमति नै गरेका हुन् । अन्य बैंकले भने गभर्नर नेपालको निर्देशनअनुसार कागजी प्रतिबद्धतामात्र जनाएका हुन् । प्रतिबद्धतामा कुन बैंक कोसँग मर्जरमा जाने भन्ने खुलाइएको छैन ।
निजी अरू ८ बैंकले भने प्रतिबद्धता जनाएका छैनन् । नविल, स्ट्यान्डर्ड चार्टड, प्राइम, प्रभु, एभरेस्ट, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंक र सिद्धार्थ बैंकले भने प्रतिबद्धता पत्र बुझाएका छैनन् ।त्यस्तै, सरकारी स्वामित्वका कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि मर्जरमा जानेबारे कुनै जानकारी गराएका छैनन् । राष्ट्र बैंकले असार २७ गते शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछ ।
प्रकाशित समय ०८:४८ बजे

















