गृहपृष्ठ हङकङलाई पराजित गर्दै नेपाल यू–१९ एसिया कपमा

हङकङलाई पराजित गर्दै नेपाल यू–१९ एसिया कपमा

acc-u19-nepal-champion-newskarobar

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङलाई पराजित गर्दै नेपालले यू–१९ एसिया कपमा स्थान सुरक्षित गरेको छ । मंगलबार भएको फाइनल खेलमा हङकङमाथि ६ विकेटको सानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो ।

मलेसियाको किनरारा ओभलमा हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा ग-यो । नेपालले सुरुवाती ५ ओभरमै ४४ रन बनाएको थियो । नेपालका लागि पवन सर्राफले ३९ तथा ऋत गौतमले १३ रन बनाए । खडकबहादुर बोहराले ८ तथा रोहितकुमार पौडेलले १२ रन जोडे ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमात्र बनाएको थियो । हङकङका आदित गोरवाराले सबैभन्दा धेरै २४ र काल्हन मार्कले १९ रन बनाए ।

नेपालका लागि सागर ढकालले ५ विकेट लिए । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रनमात्र दिए । कमल सिंह ऐरीले ३ विकेट लिए ।

एसिया कप अगस्ट २८ देखि श्रीलंकामा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेत र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित समय १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु