गृहपृष्ठ दुईवटा विद्यालयका १७७ छात्रालाई साइकल प्रदान
दुईवटा विद्यालयका १७७ छात्रालाई साइकल प्रदान
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुईवटा विद्यालयका १७७ विद्यार्थीलाई साइकल प्रदान गरेका छन् । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत मंगलबार धनुषाको फूलगामास्थित गिरिजा मावि र कनकपट्टीस्थित सरस्वती माविका विद्यार्थीका लागि मुख्यमन्त्रीले साइकल प्रदान गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयपरिसरमा मुख्यमन्त्री राउतले गिरिजा माविका प्रधानाध्यापक शीतल यादव र सरस्वती माविका प्रधानाध्यापक अरविन्द यादवलाई १७७ वटा साइकल हस्तान्तरण गरे । सरस्वती माविले ४३ तथा गिरिजा माविले १३४ थान साइकल पाएका छन् । ती साइकल कक्षा ८ मा अध्ययनरत छात्रालाई वितरण गरिनेछ ।
यसअघि, जनकपुरको कन्या माविमा कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल प्रदान गरिसकिएको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश २ सरकारले आठै जिल्लाका १४ हजार छात्रालाई साइकल वितरण गर्ने तयारी गरेको छ ।
प्रकाशित समय १८:०७ बजे

















