गृहपृष्ठ आगामी आर्थिक वर्षको बजेट पारित
आगामी आर्थिक वर्षको बजेट पारित
फाइल तस्बिर
राष्ट्रियसभाको मंगलबारको बैठकले आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौँ संशोधन) विधेयक २०७६ बहुमतले पारित गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयक २०७६ सँग आश्रित तीनै विधेयकहरू राष्ट्रियसभाबाट बहुमतले पारित गरेका हुन् ।
राष्ट्रियसभाले सोमबार विनियोजन विधेयक २०७६ पारित गरेको थियो । चारवटै विधेयक पारित भएसँगै आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।
प्रकाशित समय १८:२२ बजे

















