गृहपृष्ठ तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तीन दिनसम्म लगातार वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।
बिहीबार र शुक्रबार देशभरका साना तथा ठूला नदीहरुमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारीमा जुट्न आग्रह गरिएको हो । अबको २० देखि ३६ घण्टासम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । पूर्वी तराईका कन्काई र कमला नदीमा पनि पानीको सतह उच्च रहने चेतावनी दिइएको छ ।
देशभरका साना तथा मझौला नदीहरूमा बाढीको उच्च सम्भावना रहेकाले पूर्वतयारी र प्रतिकार्यमा जुट्न नेपाल बाढी सूचनाले अपिल गरेको छ । नदीहरुमा जलको बहाव, स्तर बढ्न सक्ने र पहाडी क्षेत्रहरुमा पहिरोको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
बिहीबार राति केही स्थानमा ‘अति भारी’ वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले देशभर पूर्ण बदली रही मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनी वर्षा जारी रहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टासम्म मनसुन न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराई भूभागमा रहने बताइएको छ । त्यसपछि न्यूनचापीय रेखा दक्षिणतर्फ सर्ने महाशाखाले जनाएको छ ।
प्रकाशित समय ०९:४१ बजे

















