गृहपृष्ठ जनकपुरका चारवटा चोक सिसी क्यामेराको निगरानीमा
जनकपुरका चारवटा चोक सिसी क्यामेराको निगरानीमा
जनकपुरका बढी चहलपहल हुने चारवटा चोकमा सिसी क्यामेराबाट निगरानी बढाइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले १९ लाख ८२ हजार खर्च गरी एचडी क्षमताका १० वटा सिसी क्यामेरा जडान गरेपछि प्रहरीले निगरानी बढाएको हो ।
जनक चोक, शिव चोक, भानु चोक र रेल्वे स्टेसन क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । दुई मेगापिक्सलको क्षमताको क्यामेराबाट लामो दूरीमा रहेका गाडीको नम्बरसमेत हेर्न सकिने क्यामेरा प्रोजेक्ट म्यानेजर धिरज अरगरियाले जानकारी दिए । क्यामेरा जडानसँगै अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ । अरु चोकमा पनि सिसी क्यामेरा जडान गर्दै लगिने उपमहानगरपालिका प्रमुख लालकिशोर साहले जानकारी दिए ।
प्रकाशित समय १३:११ बजे

















