गृहपृष्ठ प्रदेश २ गणित विषयमा अब्बल
प्रदेश २ गणित विषयमा अब्बल
शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले प्रदेश नम्बर २ का विद्यार्थीको गणितको अवस्था राम्रो रहेको जनाएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले विराटनगरमा आयोजना गरेको सरोकारवालाहरुसँग भएको छलफल कार्यक्रममा उक्त जानकारी दिएको हो । त्यस्तै प्रदेश १ का सामुदायिक माध्यामिक विद्यालयहरुको अवस्था मध्यम स्तरको रहेको जनाएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरका शाखा अधिकृत प्रकाश खरेलले २४ जिल्लाका सबै १ हजार ९ सय ६७ विद्यालयहरुको गुणस्तर परीक्षण गर्दा कञ्चनपुरको १ विद्यालयको मात्र उच्च स्तरमा रहेको बताए । उनका अनुसार प्रदेश नम्बर १ का सामुदायिक विद्यालयहरुको राष्ट्रिय परीक्षण हेर्दा गणित र विज्ञान कमजोर देखिएको छ भने छ ।
आर्थिक बर्ष २०७४÷०७५ मा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले छनौट भएका परामर्शदाता संस्थाहरु मार्फत २०७३ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका २४ जिल्लामा परीक्षण गरेको थियो ।
प्रकाशित समय १७:०५ बजे

















