गृहपृष्ठ साताभरमा १२ अंकले घट्यो सेयर बजार

साताभरमा १२ अंकले घट्यो सेयर बजार

share_stock-newskarobar

साताभर सेयर बजारमा उतारचढावपूर्ण कारोबार भयो । साताभरमा ४ दिन घटेको र १ दिन बढेको बजार समग्रमा ११.९४ अंकले घटेको छ । सातामा पाँच दिन खुलेको बजारमा १७३ कम्पनीको १ करोड १३ लाख ८७ हजार ६१६ कित्ता सेयर २ अर्ब ६३ करोड ६८ लाख ९५ हजार १२७ मूल्यमा किनबेच भयो ।

नेप्से गत साताको अन्तिम दिन अर्थात् १९ गते बिहीबार आठ अंकले घटेर १२६०.४७ मा झरेको थियो । यो साताको पहिलो दिन आइतबार पनि नेप्से परिसूचक ओरालो लाग्यो । आइतबार नेप्से परिसूचक ४.४५ अंकले घटेर १२५६.०४ बिन्दुमा झरेको हो ।

सोमबार पनि नेप्से ओरालै लाग्यो । सोमबार नेप्से परिसूचक ८.७ अंकले घटेर १२४७.३५ अंकमा झ–यो । नेप्से घट्दा १७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता सेयर ५९ करोड १० लाख ५३ हजार ८१२ मूल्यमा कारोबार भयो । मंगलबार भने नेप्से परिसूचक बढ्यो । उतारचढावका बीच परिसूचक २.९२ अंकले बढेर १२५०.२७ अंकमा पुग्यो । परिसूचक बढे पनि कारोबार रकममा भने प्रगति देखिएन । मंगलबार १६५ कम्पनीको १६ लाख ७ हजार ६७२ कित्ता सेयर ४६ करोड ८२ लाख ६३ हजार ७७० रुपैयाँमा खरिद–बिक्री भयो ।

नेप्से बुधबार फेरि सामान्य घट्यो । बुधबार १.१२ अंकले घटेर नेप्से १२४९.१५ मा झ–यो । कुल १६८ कम्पनीको २९ लाख ९८ हजार ९४७ कित्ता सेयर ५७ करोड ३४ लाख ४७ हजार ५०९ मा किनबेच भयो । परिसूचक ओरालो लाग्दा पनि १७२ कम्पनीको १६ लाख ५४ हजार २५१ कित्ता सेयर ४६ करोड ३६ हजार ५७१ मा कारोबार भयो ।

बिहीबार सेयर बजार परिसूचक झिनो अंकले घट्यो । बिहीबार ०.६२ अंकले बजार नकारात्मक बनेको हो । कारोबार रकम पनि अघिल्लै दिनको जस्तो करिब ४६ करोड हाराहारीमा रह्यो । साताको अन्त्यमा कुल बजार पुँजीकरण १५ खर्ब ५४ अर्बमा सीमित भएको छ ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु