गृहपृष्ठ आज २० हजार इन्जिनियरको एकसाथ बीमा गरिँदै
आज २० हजार इन्जिनियरको एकसाथ बीमा गरिँदै
नेपाल नेपाल इन्जिनियर्स एसोसियसनमा आबद्ध २० हजार इन्जिनियरको एकसाथ बीमा गरिने भएको छ ।
एसोसिएसनको ५७औं दिवसका अवसरमा २० हजार इन्जिनियरको सामूहिक दुर्घटना बीमा गर्न लागिएको हो । दिवसको पूर्वसन्ध्यामा बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका महासचिव इन्जिनियर छवीराज पोख्रेलले जोखिमयुक्त पेशा भएकाले बीमा गर्न लागिएको जानकारी दिए । पोख्रेलले इन्जिनियरिङ सेवा ऐन आउन लागेकोमा पनि खुसी व्यक्त गरे ।
एसोसियसनका अनुसार २० हजार इन्जिनियरको बीमा सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडबाट गरिनेछ । बीमांक १० लाख रहनेछ भने प्रिमियम ५० लाख तिर्नुपर्नेछ । अहिलेलाई एसोसिएसनले नै प्रिमियम तिरिदिने भएको छ ।
कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान उद्घाटन गर्नेछन् ।
प्रकाशित समय ०८:४७ बजे

















