गृहपृष्ठ शान्तिटोल जिल्लाकै पहिलो छाउपडी गोठमुक्त घोषणा
शान्तिटोल जिल्लाकै पहिलो छाउपडी गोठमुक्त घोषणा
कैलाली– कैलालीको लम्कीचुहा नगरपालिका–३, शान्तिटोल जिल्लाकै पहिलो छाउगोठमुक्त टोल बनेको छ । शान्तिटोलले आज एक कार्यक्रमका बीच छाउगोठमुक्त टोल घोषणा गरेको हो ।
टोलमा भएका ४८ घरधुरीमध्ये ३६ घरमा बनाइएका गोठ भत्काएर महिनावारी भएका महिला सबै आफ्नै घरमा बस्न थालेपछि टोललाई जिल्लाकै पहिलो छाउगोठमुक्त टोल घोषणा गरिएको हरियो वन नेपाल कार्यक्रमका सामाजिक पचिालक इन्द्रबहादुर कुँवरले जानकारी दिए । लामो प्रयासपछि हरियो वन नेपालको सामुदायिक केन्द्रको पहल तथा चेतना सामुदायिक सिकाइ तथा कार्यकेन्द्र शान्तिटोलको आयोजनामा टोललाई छाउगोठमुक्त घोषणा गरिएकोे हो ।
व्यवस्थित नगरको कोपिला सामुदायिक वनको प्रांगणमा भएको कार्यक्रममा
विभिन्न जनचेतनामूलक सडक नाटक तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो भने छाउगोठमुक्त अभियान सफल पार्न सहयोग गर्ने धामी झँक्रीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रकाशित समय २०:२७ बजे

















