गृहपृष्ठ पाकिस्तान समर्थकले मोदीविरोधी नारा लगाएको जुलुसमै ‘इन्डिया जिन्दाबाद’
पाकिस्तान समर्थकले मोदीविरोधी नारा लगाएको जुलुसमै ‘इन्डिया जिन्दाबाद’
जम्मु-कस्मिरबाट अनुच्छेद ३७० हटाएर राज्य पुनर्गठन विधेयक पारित गरिसकेपछि पाकिस्तान सरकार र उसका समर्थक तातेका छन् । संयुक्त राष्ट्रले पनि पाकिस्तानलाई साथ नदिएपछि पाकिस्तानका समर्थकले भारत विरोधी नारा लगाउन सुरू गरेका छन् । भारतीय अनलाइन वेबदुनियाका अनुसार भारतविरूद्ध दक्षिण कोरियाको सियोलमा नारा लगाउँदै गरेका पाकिस्तानी समर्थकसँग भाजपा नेतृ साजिया इल्मी मिसिएर ‘इन्डिया जिन्दाबाद’ को नारा लगाइन् ।
सियोलमा शुक्रबार भारतविरोधी नारा र प्रधानमन्त्री नरेन्द्र मोदीप्रति अपमानजनक भाषा प्रयोग गर्नेहरूको समूह तथा साजिया इल्मीसहित भाजपा र आरएसएसका नेताहरूको एक समूह आमुन्ने-सामुन्ने भए । एएनआईको एक भिडियोमा पाकिस्तानको झन्डा लिएका मानिसको एक समूह भारतविरोधी र मोदीविरोधी नारा लगाउँदै देखिन्छन् ।
३ मिनेट २५ सेकेन्डको उक्त भिडियोमा साजियासँग केही मानिस एक ट्याक्सीबाट निस्केर अर्को समूहतिर गएको देखिन्छ । बिजेपी नेता साजियाले त्यहाँ प्रधानमन्त्री मोदीविरूद्ध अपशब्द नबोल्न अनुरोध गर्छिन् । त्यसपछि साजिया आफैं पाकिस्तानीको समूहमा पसेर ‘इन्डिया जिन्दाबाद’ नारा लगाउन सुरू गरिन् । उनको यो भिडियो भाइरल हुँदै छ । सोसल मिडियामा मानिसहरूले साजियाको देशभक्ति र साहसको प्रशंसा गर्दै छन् ।
प्रकाशित समय १४:५६ बजे

















