गृहपृष्ठ मुक्तिनाथ रेमिटको ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’

मुक्तिनाथ रेमिटको ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’

muktinath-bikas-bank-newskarobar

मुक्तिनाथ विकास बैंकअन्तर्गतको ‘आफ्नै रेमिट, मुक्तिनाथ रेमिट’ले चाडपर्वलाई लक्षित गरी भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सञ्चालन गरेको छ । तीन महिने अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्समार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने ग्राहक मध्येबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ ।

७६ पुरस्कारमध्ये २५ जनालाई ब्लुटुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ इन्चको एचडी टेलिभिजन, ५ जनालाई २०० लिटर क्षमताको फ्रिज, ३ जनालाई ल्यापटप र एक जनालाई स्कुटी वितरण गरिने मुक्तिनाथ बैंकले जनाएको छ । विजेताको घोषणा बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले मंसिर १५ गते आइतबार ३ बजे घोषणा गर्नेछन् । कार्यक्रमको प्रत्यक्ष प्रसारण बैंकको फेसबुक पेजमार्फत गरिनेछ ।

मुक्तिनाथ विकास बैंकले देशभरका ११८ शाखा र २२ एटीएमबाट र करिब सात लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिङ सुविधाका साथै देशभर भिसा नेटवर्कअन्तर्गत रहेका एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बिमामा आबद्ध गरी जीवन वरदान बचत खाता तथा आकर्षक सुविधा र ब्याजदरमा आवास तथा सेयर कर्जा सञ्चालनमा ल्याएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित समय १४:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु