गृहपृष्ठ जापानमा सोमबार आएको आँधीमा परी ५० जना घाइते
जापानमा सोमबार आएको आँधीमा परी ५० जना घाइते
जापानमा सोमबार आएको आँधीमा परी ५० जना घाइते भएका छन् । जापानको मौसम विभागले दिएको जानकारीअनुसार देशको दक्षिणी तथा दक्षिण पश्चिमी क्षेत्रमा तपाह नामको आँधी आएको हो ।
ओकिनावा, सागा, नागासाकी र मियाजाकीलगायतका क्षेत्रमा शक्तिशाली हावासहितको आँधी आएको जापानी सञ्चारमाध्यमले जनाएका छन् । सामुद्रिक क्षेत्रबाट आएको अहिलेको आँधी यो सिजनको १७औँ आँधी भएको जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।
आँधीको समयमा ३० हजार घरमा विद्युत कटौती भएको थियो । स्थानीय समय अनुसार सोमबार बेलुका ५ बजेसम्म पनि ८ हजार ५०० घर विद्युत सेवाविहीन थिए । आँधीका कारण उक्त क्षेत्रमा सडक यातायातका साथै हवाई तथा रेल सेवा पनि अवरूद्ध बनेको छ ।
प्रकाशित समय ०८:३१ बजे

















