गृहपृष्ठ रिहा भए सुधीर बस्नेत

रिहा भए सुधीर बस्नेत

काठमाडौं– अर्बौं ठगीको मुद्दा खेपीरहेका व्यवसायी सुधीर बस्नेत धरौटीमा रिहा भएका छन् । काठमाडौंस्थित सदरखोर डिल्लीबजारमा थुनामा रहेका बस्नेत अदालतको आदेशपछि सोमबार रिहा भएका हुन् ।

प्रहरीले बस्नेतलाई २०७३ पुसमा पक्राउ गरेको थियो । त्यसयता बस्नेत सदरखोरमा रहेका थिए । अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि छुटेका बस्नेतले सर्वसाधारणको १ अर्ब ६० करोड रूपैयाँ हिनामिना गरेको आरोप छ।

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु