गृहपृष्ठ वुमन्स च्याम्पियन्स लिगमा काठमाडाैं र चितवनबीच उपाधि भिडन्त हुँदै

वुमन्स च्याम्पियन्स लिगमा काठमाडाैं र चितवनबीच उपाधि भिडन्त हुँदै

वुमन्स च्याम्पियन्स लिग क्रिकेटको उपाधिका लागि बिहीबार क्याट क्वीन्स काठमाडौं र चितवन राइनोज भिड्दै छन् ।

फाइनल खेल बिहान साढे ११ बजे सुरु हुँदैछ । चितवन प्रतियोगितामा अपराजित हुँदै फाइनल यात्रामा पुगेको हो भने काठमाण्डौ भने प्ले अफ खेलेर फाइनल पुगेको टोली हो । नेपाली राष्ट्रिय टिमकी कप्तान रहेकी काठमाडौंकी कप्तान रुविना क्षेत्रीले सुुरुको खेलमा हार व्यहोरेकाले अब गल्ति सच्याएर खेल्ने बताइन् । रुविनाले प्रतियोगितालाई नेपालमै आयोजना हुन लागेको साग गेम्सको तयारीको रुपमा लिएको बताइन् ।

चितवनकी कप्तान इन्दू बर्माले टिम उपाधिका लागि तयार रहेको बताइन् । यसअघिका खेलमा आफ्नो पक्षमा शतप्रतिशत नतिजा निकालेकाले फाइनल पनि जित्नेमा ढुक्क रहेको उनको भनाइ छ ।

प्रकाशित समय १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु