गृहपृष्ठ भारतमा दुई वर्षको बजेटभन्दा बढी सुन
भारतमा दुई वर्षको बजेटभन्दा बढी सुन
धनतेरस र तिहारको आगमनसँगै भारतमा सुनको माग बढ्ने गर्छ । विश्वको सुनको मागको एक चौथाइ भारतको रहन्छ । वर्ल्ड गोल्ड काउन्सिलका प्रबन्ध निर्देशक सोमसुन्दरम पिआरका अनुसार घर र मन्दिरमा गरेर २५ हजार टन सुन मौज्दात छ । विश्वको सम्पूर्ण सुनको १५ प्रतिशत भाग भारतका घर र मन्दिरमा छ । अमेरिकाको केन्द्रीय बैंकमा ८ हजार १३३.५ टन सुन छ । भारतीयहरूसँग योभन्दा तीन गुना बढी सुन मौज्दात छ । भारतमा सुनको उत्पादन ०.५ प्रतिशत भए पनि माग २५ प्रतिशतभन्दा बढी छ ।
चीनपछि भारत नै विश्वकै ठुलो बजार हो । सोमसुन्दरमका अनुसार विगत १० वर्षको सूचकले भारतमा वार्षिक ८ देखि ९ सय टन सुनको माग रहेको देखाउँछ । भारतको बढ्दो जिडिपीका कारण प्रतिव्यक्ति आयको वृद्धि तीव्र रहेकाले आगामी ५ देखि १० वर्ष सुनको माग अझ बढ्ने सोमसुन्दरमको अनुमान छ । प्रतिव्यक्ति आम्दानीको वृद्धिसँगै धेरै मानिस गरिबीबाट मध्यम वर्गमा उक्लँदै छन् । उनीहरूका कारण भारतमा सुनको माग बढ्ने देखिन्छ । (एजेन्सी)
प्रकाशित समय ११:१४ बजे

















