गृहपृष्ठ नेकपालाई २ करोड नेपालीको समर्थन छ, नडराई काम गरौं : प्रचण्ड
नेकपालाई २ करोड नेपालीको समर्थन छ, नडराई काम गरौं : प्रचण्ड
नेपाल कम्युुनिस्ट पार्टी नेकपाका अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतालाई आँखाको नानी जस्तो प्यारो बनाउनुुपर्ने बताएका छन् । नेकपा मोरङले विराटनगरमा शुक्रबार आयोजना गरेको शुुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टी एकतालाई अप्ठ्यारो नमानिकन आँखाको नानी जस्तै प्यारो बनाउनुुपर्नेमा बताएका हुन् ।
पार्टी एकतामा केही सानातिना अप्ठ्यारा भएको हुनसक्ने भए पनि ती अप्ठ्यारा सहज रुपले समाधान हुुने उनले दावी गरे । उनले दुुई करोड नेपाली जनताको समर्थन रहेको पार्टी कसैसँग डराउनुु आवश्यक नभएको बताए । ‘हामीले मालिक हैन, सेवक भएर काम गर्नुपर्छ । जनताको विश्वास र भरोसा पनि हामी माथि छ । अध्यक्ष दाहालले भने ‘त्यसैले जनताको सेवक भएर काम गरौँ ।’
कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री एवं नेकपा स्कुुल विभाग प्रमुुख ईश्वर पोखरेलले दुुवै पार्टीको एकता क्षणिक स्वार्थका निम्ति नभई विकास र समृद्धिको आवश्यकताअनुसार भएकाले कहिल्यै पनि तलमाथि नहुुने र एकताको झण्डालाई थप माथि उठाउँदै जाने बताए । उनले भने, ‘चुनावका बेला हामीले जनतासँग जे प्रतिबद्धता गरेका छौँ, त्यो पूरा गरेरै छाड्छौँ । अब मुलुकको विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन । जनतासँग गरेका प्रतिबद्धताअनुरुप सरकाले विकासका योजना अघि बढाउँदै लगेको छ ।’
प्रकाशित समय २१:१९ बजे

















