गृहपृष्ठ हेटौंडाकी सन्ध्या छमछमी ४ की विजेता (फोटो फिचरसहित)

हेटौंडाकी सन्ध्या छमछमी ४ की विजेता (फोटो फिचरसहित)

sandhya-acharya-newskarobar (4)

हेटौंडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मगा डान्स रियालिटी सो छमछमीको चौथो संस्करणको विजेता बनेकी छन् । काठमाडौँमा शनिबार भएको अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट पाँच प्रतिस्पर्धीलाई उछिन्दै आचार्य विजेत बनेकी हुन् ।

उनलाई पुरस्कारस्वरुप आजै अल्टो के १० गाडी प्रदान गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरे ।

प्रतिस्पर्धामा महोत्तरीका नेसन सुस्लिङ मगर फस्ट रनर अप हुँदै नगद पाँच लाख र झापाकी दिलमाया लिम्बू सेकेन्ड रनर अप हुँदै नगद तीन लाख प्राप्त गरे ।

२०७५ कात्तिक १७ गतेदेखि सुरु भएको प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड भएको थियो । अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाकी दिलमाया लिम्बू, महोत्तरीका नेसन सुस्लिङ मगर, पोखराकी सपना थापा र मकवानपुरका सन्ध्या आचार्य थिए । २०६६ देखि नेपाल टेलिभिजनले छमछमी सुरु गरेको हो ।

sandhya-acharya-newskarobar

sandhya-acharya-newskarobar

sandhya-acharya-newskarobar

sandhya-acharya-newskarobar

sandhya-acharya-newskarobar

(तस्बिर रासस)

प्रकाशित समय ०७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु