गृहपृष्ठ आम हड्ताल : सडकमा उत्रिए प्रचण्डसहित शीर्ष नेताहरु (फोटोफिचर)

आम हड्ताल : सडकमा उत्रिए प्रचण्डसहित शीर्ष नेताहरु (फोटोफिचर)

फागुनको पहिलो सातादेखि संयुक्त आन्दोलन, केपी ओलीको निरंकुशता समाप्त हुन्छ : प्रचण्ड

प्रचण्ड-माधव समूहले आह्वान गरेको आम हड्तालमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु सडकमा उत्रिएका छन् । सातदोबाटो हुँदै लगनखेल पुगेका प्रचण्ड सहितका नेताहरु नाराजुलुस लगाउँदै अघि बढेका छन् । साथमा सातदोबाटोका कमाण्डर देव गुरुङ पनि छन् ।

सुरक्षाकर्मीहरुका साथमा प्रचण्ड सातदोबाटो पुगेपछि जुलुस सुरु भएको प्रचण्ड-माधव समूहले जनाएको छ । सडकमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । उनले अब केपी ओलीको निरंकुशता सकिने भन्दै फागुन पहिलो साताबाट संयुक्त आन्दोलन गर्ने गरी कांग्रेस, राजपासहित अन्य पक्षसँग छलफल चलिरहेको बताएका छन् । उनले भने, ‘निरंकुशताविरुद्ध अझै ठूल्ठूला आन्दोलनमा जान्छौँ । सम्भवतः फागुनको पहिलो सातादेखि संयुक्त आन्दोलन हुन्छ । निरंकुशताका पक्षपातीलाई बढार्छ ।’

उपत्यकामा बन्द हड्ताल गर्ने ८० जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा उक्त पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, नेतृ अमृता थापा मगरलगायत रहेका छन् । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरकाअनुसार बिहानै काठमाडौंको सामाखुशीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेका थिए । अन्य अप्रिय घटना भने अहिलेसम्म केही भएको छैन ।

तस्बिर : डीआर आचार्य

प्रकाशित समय ११:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु