गृहपृष्ठ प्रचण्ड-माधव पक्षको आमहड्ताल : उपत्यकाका विभिन्न स्थान सुनसान (फोटोफिचर)
प्रचण्ड-माधव पक्षको आमहड्ताल : उपत्यकाका विभिन्न स्थान सुनसान (फोटोफिचर)
नेपाल कम्युनिष्ट पार्टी (माधव–प्रचण्ड) समूहले बिहीबार घोषित गरेको आम हड्ताल सफल बनाउन सो समूहका नेता(कार्यकर्ता सडकमा उत्रिएका छन् भने प्रहरी पनि ठूलो संख्यामा परिचालन गरेको छ । बिहानैदेखि सडकमा निस्किएका केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता(कार्यकर्ता प्रदर्शन गरिरहेका छन् ।
चाहविलमा त प्रहरी र आन्दोलनकारीबीच धम्साधम्सी पनि भएको छ । कोटेश्वर तथा बानेश्वरमा भने आवतजावत नै बन्द गरिएको छ । बन्द गराउन रत्नपार्कबाट निस्केका नेता(कार्यकर्ताको जुलुस नै निकालेका छन् । बिहानै कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता(कार्यकर्ता भने पक्राउ परिसकेका छन् ।
आज गोंगबुमा एक ट्याक्सीमाथि आगजनी पनि भएको छ । अज्ञात समूह गरेको आगजनीमा प्रहरी प्रशासनले भने आजको आन्दोलनकारी समूहलाई नै आशंका गरेको छ । खुम्ब नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो । प्रदर्शनकारीले विद्यार्थीको परीक्षा अवरोध नहोस् भनेर विद्यार्थीलाई बसमा चढाएर पठाइदिएका छन् । संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै बुधबार सो समूहले आमहड्तालको घोषणा गरेको हो ।






तस्बिर : डीआर आचार्य
प्रकाशित समय ०९:०७ बजे
















