गृहपृष्ठ रियालिटी शो छमछमी : युवा प्रतिभालाई अवसरको ढोका

रियालिटी शो छमछमी : युवा प्रतिभालाई अवसरको ढोका

sandhya-acharya-newskarobar (4)

नेपाल टेलिभिजनको ‘मेगा डान्स रियालिटी शो’ ‘छमछमी’ कार्यक्रमले युवा प्रतिभालाई अवसरको ढोका खोल्न सघाएको छ । ‘नेपाली पनको, नेपाली मनको’ उद्घोषसहित सञ्चान हुँदै आएको उक्त कार्यक्रम चौथो संस्करणसम्म आइपुग्दा दश हजारभन्दा बढी दूरदराजका प्रतिभाले नेपाल टेलिभिजनमार्फत आफ्नो नृत्य प्रदर्शनको अवसर पाएका छन् ।

नृत्य सौखको विषय मात्र नभई राम्रो पेशाका रुपमा समेत स्थापित हुने क्रममा यसले सामाजिक दृष्टिकोणसमेत फराकिलो बनाउँदै नाम, दाम र प्रतिष्ठाको अवसर दिएकाले यस्त कार्यक्रमलाई आर्थिक नाफाका आधारमा मात्र नहेरी राष्ट्रका लागि दायित्व ठानेर निरन्तरता दिइएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले बताए । उनले भने, ‘कलाकारहरु कुनाकन्दारबाट आएका छन् । यो डान्सको प्रतियोगिता होइन, डान्सर बनाउने प्रतियोगिता हो । त्यसैले यसमा देशले केही पाएको हामीले ठानेका छौँ ।’

सो कार्यक्रमका नृत्य निर्देशक महेश गोदारले चलचित्र म्युजिक भिडियोदेखि देश-विदेशको स्टेज कार्यक्रममा आफ्नो प्रस्तुतिमार्फत अलग पहिचान स्थापित गर्न सफल कलाकारमध्ये धेरै कलाकार देशका दूरदराजबाट आएर क्षमता प्रष्फुटन गरिरहेको बताए । चौथो संस्करणमा मकवानपुरकी सन्ध्या आचार्य विजेता बनेकी छन् । (रासस)

प्रकाशित समय १५:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु