गृहपृष्ठ भाइटीकाका लागि किनमेल गर्नेको घुइँचो (फोटो फिचर)
भाइटीकाका लागि किनमेल गर्नेको घुइँचो (फोटो फिचर)
भाइटीकाको अघिल्लो दिन पोखराका मल र फुटपातमा किनमेल गर्नेको घुइँचो लागेको छ । भाइटीका, भाइमसलादेखि, फूल, झिलिमिली बत्ती, फलफूल, मिठाई, ढाकाटोपीलगायतका सामग्री किन्नेको सोमबार बेलुकासम्म घुइँचो लागेको हो ।
केही वर्षयता पोखरामा भाइटीकाको पूर्वसन्ध्यामा मुख्य चोक क्षेत्रका फुटपातमा किनमेल गर्नेहरुको भीड लाग्ने गरेको व्यवसायी बताउँछन् । पोखराका महेन्द्रपुल, चिप्लेढुंगा, पालिखेचोक, सिद्धार्थचोक, पृथ्वीचोक, न्युरोड, सभागृह चोकलगायत क्षेत्रका फुटपातमा साँझसम्म पनि भीड थियो ।
पोखरा क्षेत्रमा दसैंमा भन्दा तिहारमा बढी चहलपहल हुने गरेको छ । पोखरा भिलिमिली बत्तीले पनि ढाकिएको छ । देउसी भैलो खेल्नेहरुका कारण बजारमा छुट्टै रौनक छाएको छ ।
प्रकाशित समय १९:३१ बजे





















