गृहपृष्ठ नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल

gyanendra malla

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ललाई छनोट गरेको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै क्यानले ज्ञानेन्द्रलाई कप्तानकाे जिम्मेवारी दिएको हो ।

पारसले एक दशकसम्म राष्ट्रिय टोलीको नेतृत्व गर्दा ज्ञानेन्द्र उपकप्तान थिए । यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा दीपेन्द्र उपकप्तानको भूमिका थिए ।

क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै पारसले कप्तान पद छाड्ने घोषणा गरेका थिए ।

 

 

 

प्रकाशित समय १५:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु