गृहपृष्ठ श्रीमतीको हत्या आरोपीलार्इ जन्मकैद
श्रीमतीको हत्या आरोपीलार्इ जन्मकैद
राजविराज- जिल्ला अदालत सप्तरीले श्रीमतीकाे हत्या अभियाेगमा सप्तरी बाेदेबरसाइन -३ का ४२ वर्षीय जयप्रकाश यादवलाई सर्वस्वसहित जन्मकैद सजाय सुनाएकाे छ ।
न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपि यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या आरोपमा उनलाई अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको हाे ।
बोदेबरसाइन नपा–३ स्थित जोगेन्द्र गोडाहान यादवको खेतमा गत कात्तिक २८ गते धान काट्न गएकी ललिताको हातबाट हँसिया खोसेर घाँटी रेटी जयप्रकाशले पत्नीको हत्या गरेका थिए ।
-रासस
प्रकाशित समय ११:१६ बजे

















