गृहपृष्ठ तुलसीपुरमा कामना बैंकको ५१ औँ शाखा

तुलसीपुरमा कामना बैंकको ५१ औँ शाखा

तुल्सीपर, दाङ- कामना सेवा विकास बैंकले ५१ औँ शाखा कार्यालय तुलसीपुरमा बिस्तार गरेको छ। बुधबार नयाँ शाखाको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम बढ्दै गएकोले संस्थागत शुसासन, जोखिम व्यवस्थापन तथा कर्मचारी तालिममा विशेष ध्यान दिन जरुरी रहेको बताए। बैंकमा काम गर्ने कर्मचारीहरु गुणात्मक र प्रभावकारी बन्नुपर्ने उनले बताए।

ऋणमा मात्र बैंकहरु क्रियाशिल भएको बताउँदै प्रमुख अतिथि पाण्डेले लघु उद्यमीहरुलाई व्यवसायिक क्षेत्रमा ल्याउनु पर्ने बताए।

बैंकले दाङको घोराही, लमही लगायतका क्षेत्रमा शाखाबाट निक्षेप सकंलन, सहज र सरल रुपमा कर्जा प्रवाहको साथै आधुनिक बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ।

प्रकाशित समय ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु