गृहपृष्ठ पहिरोका कारण आवागमन ठप्प

पहिरोका कारण आवागमन ठप्प

pahiro-newskarobar सांकेतिक तस्बिर ।

डाेल्पा-  डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ ।

लगातारको वर्षातपछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो । सदरमुकाम दुनै पुग्ने मूलबाटो पहिरोले पुरिँदा मुस्किलले मात्रै सदरमुकाम दुनै आउनेजाने स्थिति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सेना र प्रहरी मिलेर पनि पहिरो पन्छाउन सक्ने स्थिति नरहेकाले डोजर प्रयोग गरी पहिरो हटाउन जनप्रतिनिधिसंग आग्रह गरिएको बताइएको छ ।

-रासस

प्रकाशित समय १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु