गृहपृष्ठ इङलिश प्रिमियर लिग : बर्खास्तमा परेका प्रशिक्षकलाई क्लबमा भित्र्याउन दौडधुप
इङलिश प्रिमियर लिग : बर्खास्तमा परेका प्रशिक्षकलाई क्लबमा भित्र्याउन दौडधुप
काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब टोटनह्यामबाट बर्खास्तमा परेका प्रशिक्षक माउरिसियो पोचेट्टीनोलाई ठुला क्लबले भित्र्याउन दौडधुप चलेको छ ।
उनलाई भित्र्याउने दौडमा बार्सिलोना दौडधुपमा लागेको छ । द सनको रिपोर्ट अनुसार बार्सिलोनाले अर्जेन्टिनी प्रशिक्षक पोचेट्टीनोलाई भित्र्याउने पहल शुरु गरेको छ ।
पोचेट्टीनोलाई अहिले जर्मनी जाइन्ट बायर्न म्युनिख अगाडी रहेको छ । बायर्नले पनि आफ्ना प्रशिक्षक निको कोभिकलाई बर्खास्त गरेर अहिले अन्तरिम कोचले काम गरिरहेको अवस्था रहेको छ । (एजेन्सी)
प्रकाशित समय ०९:२६ बजे

















