गृहपृष्ठ विमानस्थलमा राेकेकाे जहाज नजिकै चट्याङ परेपछि…
विमानस्थलमा राेकेकाे जहाज नजिकै चट्याङ परेपछि…
न्यूजील्यान्डको क्राइस्टचर्च विमानस्थलको धावनमार्गमा रोकेर राखिएको एउटा विमाननजिकै चट्याङ परेको दृश्य एक प्रत्यक्षदर्शीले खिचेका छन् ।
एमिरेट्स विमानसेवाको एअरबस ए ३८० अगाडि र चट्याङ पछाडि देखिने उक्त तस्बिर विमानस्थलमै रहेको एउटा हेलिकप्टरका चालकले स्थानीय समयानुसार अपरान्ह ३ः३० बजे खिचेका थिए ।
उक्त कम्पनीले आफ्नो फेसबुक पेजमा आफ्नो झ्यालबाहिर त्यस्तो दृश्य देखिएको उल्लेख गर्दै तस्बिर प्रेषित गरेको छ ।
उसका अनुसार उक्त विमान हावाहुरी चलेका कारण धावनमार्गमै रोकिएको थियो ।
न्यूजील्यान्डको मौसम हेर्ने निकायले उक्त क्षेत्रमा चट्याङसहित हावाहुरी आउन सक्ने चेतावनी दिएको थियो ।
क्यान्टबरीका कतिपय क्षेत्रमा ठूलो हवाहुरी र अण्डाजत्रा असिना परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
रुसी विमानमा ‘चट्याङ परेको थियो’
स्थानीय सांसद एन्ड्यू फ्यालूनले आफ्नो कार्यलय बाहिर परेको असिनाको भिडिओ खिचेका ट्वीटरमा प्रेषित गरेका छन् ।
न्यूजील्यान्डको मेटसर्भिसले दुई घण्टाको अवधिमा उक्त क्षेत्रमा सात सयवटा चट्याङ परेको जनाएको छ ।
तर मौसमसम्बन्धी चेतावनी अहिले हटाइसकिएको अधिकारीहरूले जनाएका छन् । (बिबिसीबाट)
प्रकाशित समय १०:३९ बजे

















