गृहपृष्ठ ‘ड्रिम गल’को गीत रिलिज

‘ड्रिम गल’को गीत रिलिज

काठमाडौं– आरबी मुभिजको प्रस्तुतिमा बनेको चलचित्र ‘ड्रिम गल’को पहिलो गीत रिलिज भएको छ । काठमाडौंमा एक कार्यक्रम गरी चलचित्रमा समावेश ‘तिम्रो मायामा हराउन’ बोलको गीत सार्वजनिक गरिएको हो ।

ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा बनेको चलचित्र असोज १९ गतेबाट रिलिज हुँदैछ । अर्जुन पोखरेलको संगीत र अम्बिका शर्माको शब्द रहेको गीतमा अन्जु पन्त र सुरेश लामाले स्वर दिएका छन् ।

चलचित्रको गीतमा मुख्य कलाकार आकाश श्रेष्ठ र आश्मा गिरीलाई देखाइएको छ । चलचित्रमा आश्मा शीर्ष भूमिकामा छन् । चलचित्रमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, पूजा पराजुली लगायतका कलाकारको मुख्य भूमिका छ ।

 

प्रकाशित समय १८:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु