गृहपृष्ठ सागको पुरुष फुटबलमा भारत नेखेल्ने, ५ टाेलीबीच प्रतिस्पर्धा

सागको पुरुष फुटबलमा भारत नेखेल्ने, ५ टाेलीबीच प्रतिस्पर्धा

अन्तिम अवस्थामा आएर भारत १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा सहभागी नहुने भएको छ । बिहीबार सार्वजनिक भएकाे ‘ड्र’ (खेलतालिका)अनुसार यो पटकको सागमा भारत नखेल्ने भएकाे हाे ।

अब प्रतियोगितामा ५ देशमात्र खेल्नेछन् । पुरुष फुटबलमा नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानबीच ‘राउण्ड रोविन’ प्रणालीमा खेल हुने भएको छ । पाकिस्तानले यसअघि नै सहभागी नहुने जनाइसकेको छ ।

प्रतियाेगिताकाे पहिलाे खेल डिसेम्बर २ बाट सुरु हुनेछ । जसमा भुटान र बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल डिसेम्बर ३ मा भुटानसँग खेल्नेछ । खेलतालिका अनुसार फाइनल डिसेम्बर १० मा हुनेछ । सबै खेलहरू दशरथ रंगशालामा हुने भएकाे छ ।

प्रकाशित समय १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु