गृहपृष्ठ साग महिला भलिबल : आज भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल

साग महिला भलिबल : आज भारतसँग प्रतिस्पर्धा गर्दै नेपाल

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलमा आज (बिहीबार) नेपालले आफ्नो दोस्रो खेलमा स्वर्णको बलियो दावेदार भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलुकद परिषद (राखेप) को कभर्डहलमा साँझ ५ बजेपछि शुरु हुनेछ । पहिलो खेलमा बंगलादेशमाथि ३–० को सहज जित पाएको नेपाल आफ्नो दोस्रो खेलमा पनि भारतलाई पराजित गर्ने लक्ष्यमा कोर्टमा उत्रनेछ ।

यही खेलले नै नेपालको स्वर्णको सम्भावना केलाउनेछ । नेपालले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन ।

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु