गृहपृष्ठ रामजानकीको विवाहमा जनकपुर पुगेकी राष्ट्रपतिलाई भव्य स्वागत
रामजानकीको विवाहमा जनकपुर पुगेकी राष्ट्रपतिलाई भव्य स्वागत
रामजानकी विवाह महोत्सवको चौथो दिन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा आएर अयोध्याबाट आएका जन्तीलाई स्वागत तथा तिल्कोत्सव कार्यक्रममा सहभागी भएकी छन् ।
११ बजे हेलिकप्टरबाट जनकपुर आएकी राष्ट्रपति भण्डारी जानकी मन्दिरमा पुगेर विशेष पूजापाठ गर्दै बाह्र बिगाहामा आयोजित जन्ती स्वागत कार्यक्रममा सहभागी भएकी छिन् ।
भण्डारी प्रदेश सरकारले आयोजना गरेको भोजमा सहभागी हुँदै बाह्र बिगाहाको कार्यक्रममा भएकी हुन् । विवाह महोत्सवअन्तर्गत जनकपुरको रंगभूमि मैदान बाह्र बिगाहामा तिलक समारोह आयोजना गरिएको छ ।
राष्ट्रपति भण्डारी समारोहमा सम्बोधन गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराई, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पनि सहभागी छन् ।
राष्ट्रपतिलगायतकाे टाेली आजै बेलुका काठमाडौ फर्किने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिए ।
प्रकाशित समय १३:४५ बजे

















