गृहपृष्ठ भारतीय जलसेनामा पहिलो महिला पाइलट

भारतीय जलसेनामा पहिलो महिला पाइलट

भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छन् । उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी थिइन् ।

शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालेकी छन् । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएकी छन् ।

प्रकाशित समय १२:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु